निजगढ ५ सडकटोलस्थित श्री कृष्ण प्रणामी मन्दिरमा हिजोबाट १ महिने श्रीमद् वितक चर्चा एमं श्री कृष्ण कथा प्रवचन कार्यक्रम शुरु भएको छ ।

प्रणामी धर्मको विशेष पर्वको रूपमा रहेको वितक चर्चाको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली र मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले उद्धाटन गर्नुभएको थियो । कार्यक्रमको पहिलो दिन मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिाना लगायत सयौं श्रद्धालुहरुको उपस्थिति रहेको थियो ।

आगामी भदौ १० गते पर्ने श्रीकृष्ण जन्माष्ठमीसम्म चल्ने सो कार्यक्रममा प्रणामी समाजका प्रखर शास्त्री श्री घनश्याम अधिकारीले प्रवचन दिनुहुने बताइएको छ । श्री कृष्ण प्राकट्य महोत्सवमा भने मन्दिर परिसरबाट रथ यात्रा निकालेर नगर परिक्रममा गरिने मन्दिर व्यवस्थापन समितिका यादवकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तरगत प्रतेक दिन विहान ११ः३० बजेदेखि दिउँसो ३.३० बजेसम्म प्रवचन र राति भजन, किर्तन तथा अन्य धार्मिक कार्यक्रमहरू आयोजना गरिने तिमल्सिनाले बताउनुभयो । सो अवसरमा सांसद मैनाली र चौधरीले निर्माणाधिन प्रणामी मन्दिरको निरीक्षणसमेत गर्नुभएको थियो । कार्यक्रमको संचालन भिम सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय