निजगढ नगरपालिकाको वडा कार्यालयहरुमा  सचिवहरुको हेरफेर भएको छ ।

नगरपालिकाले वडा नं १,२,३,४,५,६,७,८,९ र ११ का वडा सचिवहरुको हेरफेर गरेको हो ।   कार्यालयले वडा नम्बर १० की सचिव भगवती रिमाल, वडा नम्बर १२ का अरुण बस्नेत र वडा नम्बर १३ का सचिव विष्णुलाल श्रेष्ठबाहेक अन्य सबैको हेरफेर गरेको हो । नगरपालिका कार्यालयका सूचना अधिकारी रविन घिमिरे अनुसार वडा नम्बर १ र ४ वडा कार्यालयका सचिव शुभचन्द्र महतोलाई वडा नम्बर २ र ३ मा सरुवा गरिएको छ । वडा नम्बर २ र ३ का तत्कालिन सचिव हिरा रानामगरलाई भने वडा नम्बर ११ मा सरुवा गरिएको छ वडा नम्बर १ मा भने वडा नम्बर ८ का सचिव सोम सिंह लामालाई खटाइएको छ ।

त्यसैगरी वडा नम्बर ४ मा सुभाष ठाकुरलाई पठाइएको छ । ठाकुर यसअघि वडा नम्बर ७ को वडा कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । सो वडामा वडा नम्बर ५ का सचिव धर्मराज लामिछानेलाई ल्याइएको छ । वडा नम्बर ५ र ६ को जिम्मेवारी वडा नम्बर ११ का सचिव सुजित कर्णलाई दिइएको छ । सचिव महतो र कर्णले २ वटा वडा कार्यालयको जिम्मेवारी पाउनुभएको हो । त्यस्तै वडा नम्बर ८ मा वडा नम्बर ९ की सचिव सपना ढुङ्गानालाई पठाइएको छ भने वडा नम्बर ९ मा वडा नम्बर ६ बाट सुमिता पराजुली आउनुहुने भएको छ ।

सरुवा गरिएका मध्ये वडा नम्बर ९ की पराजुली बाहेक सबै सचिवहरुले आफू वडा कार्यालयको जिम्मेवारी सम्हाल्न थालेका छन । वडा सचिव पराजुली भने बिदामा रहेकोले कार्यालयमा हाजिर हुनुभएको छैन । लामो समयदेखि एउटै वडामा कार्यरत सचिवहरुलाई सामान्य प्रक्रियाअनुरुप कार्यालय हेरफेर गरेर जिम्मेवारी दिइएको नगरपालिका कार्यालयका सूचना अधिकारी  घिमिरेले  न‍िजगढ डटकमलाई बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय