पछिल्लो समय निजगढको रतनपुरी क्षेत्रमा हुदैआएको अनियमित विद्युत आपूर्तिको विरोधमा स्थानीय उपभोक्ताहरु संघर्षमा उत्रिएका छन ।

उपभोक्ताहरु संघर्ष समिति नै बनाएर हिजोबाट आन्दोलनमा उत्रिएका हुन । स्थानीय धनबहादुर खुलालको संयोजकत्वमा रहेको संघर्ष समितिले पहिलो चरणको अन्दोलनअन्तर्गत हिजो नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रुपाखेती, निजगढ उपवितरण केन्द्रका प्रमुख नरेन्द्र मण्डल र निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गलाई नियमित विद्युत आपूर्तिको माग राखेर ७ बुदेँ ज्ञापन पत्र बुझाएको छ ।

समितिले बुझाएको ज्ञापन पत्रमा नाङ्गो रहेको प्रशारण लाइनको तारलाई कभरसहित परिवर्तन गर्नुपर्ने, मादण्डभन्दा बढी दुरीको स्थानमा पोलहरुमा थप गर्नुपर्ने, प्रशारण लाइन वरिपरी रहेको बाँसघारी तथा रुख यथासिघ्र कटान गरिनुपर्ने माग राखेको छ । त्यसैगरी छिनछिनमा विद्युत कटौति हुने समस्याको कारण पत्ता लगाएर समाधान गरिनुपर्ने र जीर्ण अवस्थामा रहेको प्रशारण लाइन र पोलहरु परिवर्तन गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै समितिले बुझाएको पत्रमा निजगढ सव स्टेसनबाट रतनपुरी क्षेत्रको लागि बेग्लै फिडरको व्यवस्था र निजगढबाट तानिएको ११ केभि प्रशारण लाइनमा पूरा भोल्टेजसहित विद्युत आपूर्ति गरिनुपर्ने माग पनि गरिएको छ । वडा नम्बर १२ बारथलीको ट्रन्सफर्मर जीर्ण भएको र दुर्घटनाको उच्च जोखिम क्षेत्रमा रहेकोले अन्यत्र सार्नुपर्ने । समितिका संयोजक खुलालले बुझाएको ज्ञापन पत्रमा निजगढ वडा नम्बर १०, ११, १२ र १३ नम्बर वडामा विस्तारको क्रममा रहेको शाखा लाईन तत्काल विस्तार गरिनुपर्ने र रतनपुरी र मकवानपुरको बकैया गाउँपालिकामा आपूर्ति गरिएको विद्युत लाइनको सुरक्षाको लागि प्राधिकरणले छुट्टै थप कर्मचारीको व्यवस्था गरिनुपर्ने माग पनि गरिएको छ ।

समितिका संयोजक खुलालले आफूहरुले अघि सारेको माग पूरा गर्न प्राधिकरणले चासो नदेखाए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय