बाराको निजगढ ९मा रहेको समुदायमा आधारित प्रसुति गृह सामुदायिक अस्पतालले आईतबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरेका छन ।

रक्तदान कार्यक्रममा ६ जना महिलासहित ३८ जनाले रक्तदान गरेका हुन । रगत अभावमा देशका विभिन्न अस्पतालहरुमा बिरामीहरुको उपचार प्रभावित बनेको समाचार सार्वजनिक भएपछि अस्पतालले रगत संकलन गर्न खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको स्पताल व्यवस्थापन समितिका अध्यक्ष माधव न्यौपानेले जानकारी दिनुभयो ।

निजगढ रेडक्रस उपशाखा, युथ अफ निजगढ, निजगढ नगर उद्योग बाणिज्य संघ, गौरीशंकर क्याम्पसलगायतका स्थानीय विभिन्न संघ संस्थाको सहयोगमा अस्पताल परिसरमा रक्तदान सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय