बाराको निजगढ नगरपालिका वडा नम्बर ६ स्थित श्री कृष्ण प्रणामी मन्दिर सडकटोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

श्रीकृष्ण प्रमाणी युवा परिषद् नेपालको प्रारम्भिक समिति निजगढ ६ ले हिजो आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ पुरुष र ८ महिला गरि ४६ जनाले रगत दान गरेका छन ।

दुव्र्यसन त्यागौं, सेवामुखी बनौं भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र वीरगञ्ज पर्साको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । युवा परिषद् नेपालको प्रारम्भिक समितिका अध्यक्ष जिवनाथ बन्जाराको अध्यक्षता र श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय सदस्य तथा परिषद बारा र पर्सा जिल्ला इन्चार्ज एवंम परिषद वैदेशिक रोजगार विभाग प्रमुख दिपक सापकोटाको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिरमा भइरहेको एक महिने वितक वाचक शास्त्री श्रीघनश्याम अधिकारी, युवा परिषद् मधेस प्रदेशका उपाध्यक्ष संकलन तिमल्सिना, युवा परिषद् मधेस प्रदेश सचिव उमेश सापकोटा, युवा परिषद् श्री कृष्ण प्रणामी सेवा समिति बारा जिल्ला अध्यक्ष अर्जुनप्रसाद घिमिरे, युवा परिषद् बारा जिल्ला अध्यक्ष मोहन सापकोटा, युवा परिषद जिल्ला निवर्तमान अध्यक्ष सुमन सुवेदी, युवा परिषद् बारा जिल्ला सचिव दीपक बजगाई, मन्दिर सञ्चालक समितिका अध्यक्ष यादवकुमार तिमल्सिना, सञ्चालक समितिका सचिव भीमप्रसाद सापकोटा र श्री कृष्ण प्रणामी मन्दिर निजगढ बाइजुराज महिला मण्डली अध्यक्ष कमला अर्याल लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम संचालन युवा परिषद नेपाल प्रारम्भिक समितीका सचिव ईश्वर सापकोटाले गर्नुभएको थियो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय