निजगढ नगरपालिकाको नगर सभाको चौधौं अधिवेशनको दोश्रो बैठक हिजो विहिबार सम्पन्न भएको छ । निजगढ नगरपालिकाका प्रमुख तथा नगरसभाका अध्यक्ष सुरथ पुरीज्यूको अध्यक्षतामा नगर कार्यपालिकाको कार्यालयमा भएको सो बैठकले उपप्रमुख सोममाया थिङले प्रस्तुत गरेको निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बिनियोजन बिधेयक (बार्षिक बजेट, कार्यक्रम) तथा विविध प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

नगर सभाको समापन गर्दैै नगर प्रमुख पुरीले नगरको सर्वाङ्गिण विकासको लागि नगरसभाबाट पारित बजेट प्रभावकारी कार्यान्वय गर्नु सबै नगरसभा सदस्यहरुको जिम्मेवारी भएको बताउनुभयो ।

बैठकमा प्रस्तुत बिनियोजन बिधेयकको समर्थनमा नगरसभा सदस्य एवंम निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापामगर र कार्यपालिका सदस्यसमेत रहनुभएकी फुलमाया बलले मन्तव्य व्यक्त गर्नुभएको थियो । बिधेयकमाथि नगरसभा सदस्यहरु केशव अधिकारी, मेघबहादुर वाईवा, कुमार मुक्तान, सागर गौतम र दिपक न्यौपानेले सुझाव दिनुभएको थियो । नगरसभा सदस्यहरुको सुझावपछि नगर प्रमुख सुरथ पुरीले सभामा निर्णायार्थ पेस गर्नुभएको बिनियोजन बिधेयक तथा विविध प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो ।

नगर सभा सचिव एवम प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले नगरसभाबाट पारित बिधेयक कार्यान्वयनको लागि सबै सदस्य र नगरपालिकाका कर्मचारीहरुले इमान्दारिताकासाथ काम गर्नुपर्ने बताउनुभयो । उहाँले नगरमा सुशासनसहित पारदर्शी र गुणस्तरीय काम गर्न गराउन जनताले निर्वाचित गरेर पठाएको कुरा नगरसभा सदस्यहरुले सदैब स्ममरण गर्नुपर्ने कुरामा जोड दिदै नगरसभा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय