जिल्ला ट्राफिक कार्यलय बाराका  प्रहरी निरिक्षक रामकुमार महतोको विदाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला बाराबाट रौतहटमा सरुवा हुनु भएका प्रहरी निरिक्षक रामकुमार महतोको विदाईमा शनिवार निजगढ नगरपालिकामा फेरी भेटौला कार्यक्रम आयोजना गरिएको छ ।

ट्राफिक प्रहरी निरिक्षक महतोको विदाई कार्यक्रममा नगरप्रमुख सुरथ पुरी, वडा नं९ का वडा अध्यक्ष रामचन्द्र कटवाल, कार्यपालिका सदस्यहरु, नगर कर्मचारी लगायतले फुलमाला लगाएर विदाई गरेका हुन ।

विदाई कार्यक्रममा बोल्दै निरिक्षक महतोले निजगढ नगरपालिकाका प्रतिनिधिहरुले आफ्नो कार्यकालमा निकै सहयोग गरेको र आगामी दिनमा पनि जिल्ला ट्राफिक कार्यलय बारालाई सहयोग गर्नुहुने आशा राखेको बताउनुभयो ।

विदाई कार्यक्रममा निजगढ नगरपालिकाप्रमुख सुरथ पुरीले कर्मचारी नेपाल सरकारले जता पठायो तेतै जानुपर्ने र निरिक्षक महतोले आफ्नो कार्यकालमा निजगढ नगरपालिका संग समन्वय गरेकोमा धन्यवाद पनि दिनुभयो ।

निरिक्षक महतोलाई नगरप्रमुख पुरीले मायाको चिनो पनि प्रदान गर्नुभएको थियो । महतो जिल्ला ट्राफिक कार्यलय बारामा २०८०भदौ ३ गते आउनु भएको थियो भने वहाँको सरुवा २०८१भदौ१७ गते भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय