बाराको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं साधारण सभा शनिवार सम्पन्न भएको छ ।

निजगढ ८ स्थित निजगढ शुभकार्य प्रा.लि.को सभाहलमा भएको साधारण सभाले संस्थाको अध्यक्ष भोला प्रसाद गौतमले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र लेखा समितिको तर्फबाट संयोजक रुद्र प्रसाद धितालले पेश गरेको लेखा प्रतिवेदनमाथि छलफल गरी पारित गएको छ । निजगढ नगरपालिकाका मेयर सुरथ पुरीको प्रमुख आतिथ्यतामा नगर प्रमुख पुरीले सहकारी, लघुवित्त र बैकमा फरक रहेको बताउदै निजगढ नगरपालिका र नियमन निकायको आदेश र अधिकारलाई अनिवार्य रुपमा ब्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष गौतमको सभाध्यक्षतामा भएको सो साधारण सभामा, माननीय अच्चुत मैनाली, नेफ्स्कुकी शोभा राउत, निजगढ नगरपालिकाका योजना तथा सहकारी अधिकृत अजय उप्रेती, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुर्दशन प्रसाद कोइराला,गौरीशंकर क्याम्पसका अध्यक्ष एक बहादुर श्रेष्ठ, गौरीशंकर मा.वि. निजगढ ८ का अध्यक्ष रवि कुमार बर्तौला एवम् प्रधानाध्यापक बद्रीनारायण झा, गौरीशंकर मा.वि. निजगढ ६ का प्रधानाध्यापक यादव कुमार तिमल्सिना, सार्वजनिक मा.वि.वागदेवका अध्यक्ष दुर्गा प्रसाद गौतम, बिद्यासागर बोडिङ्ग ई.का प्रिन्सिपल अभिषेक मिश्र, निजगढ ६ का वडा अध्यक्ष धनश्याम तिमल्सिना, केन्द्रिय दुग्द्य उत्पादक सहकारी संघका सचिव थानेश्वर सापकोटा, हिमचुली साना किसान कृषि सहकारी संस्था लि.की दुर्गा कोइराला र समुन्नत महिला बहुउद्देश्यीय सहकारीकी सचिव उषा लामा, र सरल बहुउद्देश्यीय सहकारीका अध्यक्ष गोरख बहादुर खड्का लगायतको उपस्थिती रहेको थियो, भने स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष हरिमैया उपाध्यायले दिनुभएको थियो ।

त्यस्तै संस्थाले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका गौरीशंकर मा.वि. निजगढ ८ की छात्रा प्रान्जल कुमारी कुँवर र छात्र अवसर आचार्यलाई लगायतलाई नगद स्वरुप दुई हजार सम्मान सहित पुरस्कृत गरेको छ । त्यस्तै उत्कृष्ट बाल बचत समिक्षा दाहाल ,शेयर कारोबार सदस्य खोजराज अर्याल, उत्कृष्ट ऋणी सदस्य शुभद्रा योञ्जन, उत्कृष्ट बचत कारोबार सदस्य हेमलाल गौतम र कर्मचारी सम्मान भवानी पोखरेल लगायत २४ जना जेष्ठ नागरिकका बृद्धबृद्धाहरुलाई साधारण सभाको अवसरमा सम्मान गरिएको छ ।

संस्थाले हरेक बर्ष झै यस बर्ष पनि संस्थाको बार्षिक उत्सव पारेर श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय निजगढ ४, का जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान रुवरुप रु.४५ हजार बराबरको २०२ थान पोशाक (भेस्ट) संस्थाले खडा गरेको सगरमाथा अक्षयकोषबाट हस्तान्तरण गरिएको थियो भने, संस्थाले भाब्य चिठ्ठा मार्फत शेयर सदस्यहरुलाई उपहार स्वरुप सामाग्री हस्तान्तरण गरेको थियो ।
संस्थाले १४९० सदस्यको बीचमा कारोबार गरेर ३९ लाख १२ हजार खुद नाफा कमाएको छ । संस्थाले १० करोड ५० लाख २५ हजार कुल कारोबार गरेको छ, भने कार्यक्रम संचालन संस्थाका सचिव बोधनाथ चौलागाईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय