निजगढ हाटबजारबाट  एकै दिन ८ सयभन्दा बढी खसी बोकाको बिक्री भएको अनुमान गरिएको छ ।

दशैंको फूलपातीको अघिल्लो दिन हिजो बुधवार लागेको निजगढ हाटबजारबाट उक्त संख्यामा खसी बोकाको बिक्री भएको हो । निजगढ बाहिरका व्यापारीहरुले करिव ४ सयको संख्यामा खसीबोका खरिद गरेर लगेको र त्यत्तिकै संख्यामा निजगढभित्र पनि बिक्री भएको निजगढ हाट बजारका ठेकेदार गोकुल खुलालले जानकारी दिनुभयो । उहाँले रसिद काटेर कर लिन नपाइने भएकोले निजगढभित्रका ग्राहकले खरिद बिक्री गरेको खसी बोकाको संख्या यकिन नहुने भएपनि व्यापारीहरुले ४ वटा खसीबोको कर तिरर निजगढ बाहिर लगेको बताउनुभयो ।

हिजोको बजारमा जिउदो खसी प्रतिकेजी ५ सय ५० देखि ६ सय रुपैयासम्ममा बिक्री भएको पनि उहाँले सुनाउनुभयो । तर यहाँको बजारमा अनुमानको भरमा खसीबोकाको तौल निर्धारण गरेर खरिद बिक्री हुने गरेको छ । पछिल्लो समय निजगढ खसी बोकाको बजारको लागि प्रसिद्ध हुदै आएको छ । यहाँको हाट बजारमा निजगढ, सिंगौल, रतनपुर, टाँगियाबस्ति र मकवानपुरको बकैया गाउँपालिकाका विभिन्न गाउँका किसानहरुले घरमा पालेका खसी बोका ल्याएर बेच्ने गरेका छन ।

निजगढ हाटबजारबाट वीरगञ्ज, कलैया, जितपुर, सिमरा, चन्द्रपुर, हेटौडा र लहानसम्मका व्यापारीहरुले खसी बोका खरिद गर्ने गरेका हुन । दशैं, फागुपुर्णिमा र बकरिद पर्वमा निजगढमा ठूलो संख्यामा खसीबोकाको खरिद बिक्री हुनेगरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय