विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन एवम् दर्शनार्थीहरुको लागि निजगढ नगरपालिकाले सहायता कक्ष स्थापना गरेको छ ।
पालिकाले स्वास्थ्य शिविर पनि चलाएको छ ।
पालिकाले स्वास्थ्यकर्मी सहित १० जना अन्य कर्मचारी नियमित रुपमा खटाएको प्रशासन सहायक जीवन गौतमले निजगढ डटकमलाई बताउनु भयो ।

गढीमाईको दर्शन र मेला भर्न जाने भक्तजनहरुको लागि नगरपालिकाले स्वास्थ्य जाँच र उपचार सेवासहित सूचना प्रवाहा र बिश्रामस्थल लगायतको सुविधा उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बताए । अधिकृत बर्तौलाका अनुसार नगरपालिकाले गढीमाईको मूल मन्दिरको उत्तरतर्फको खानेपानी ओभर हेड ट्याङ्गकीबाट २ सय ५० मिटर उत्तरतर्फ सहायता कक्ष संचालन गरेको छ ।

विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच बर्षमा लाग्ने गर्छ ।मंसिर ०१ गते देखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्ने छ ।

मेलामा दर्शनार्थीहरुको भिड बढेको छ । मंसिर ०१ गते देखि सुरु भएको गढीमाई मेलामा मंसिर २२ गते शनिवार अहिले सम्मकै उच्च भिडभाड भएको देखिएको छ ।शनिवार बिहानै देखि गढीमाई माताको दर्शन गर्न दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

देश बिदेश बाट लाखौंको संख्यामा गढीमाई माताको दर्शन गर्न आएका दर्शनार्थीको भिड शनिवार बिहानै देखि लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय