बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य अच्युत मैनालीले निजगढ नगरपालिकामा हिजो एकै दिन दुई वटा विद्यालय भवनको शिलन्यास गर्नुभएको छ ।

सांसद मैनालीको सिफारिसमा संघीय सरकार बजेटबाट निजगढ नगरपालिका वडा नम्बर ५ बागदेवस्थित सार्वजनिक मावि र वडा नम्बर १२ कोलगाँउस्थित सरस्वती आधारभूत विद्यालयको ४ कोठे एक तले पक्की भवनको धार्मिक विधि अनुसार पूजापाठ गरेर शिलान्यास गर्नुभएको हो । बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालयमा आयोजित भवन शिलान्यास कार्यक्रममा बोल्दै सांसद मैनालीले सांसदसँग जनताको विकास निर्माणको कार्यमा धेरै ठूलो अपेक्षा रहेको भन्दै उहाँले आफूहरुको मुख्य जिम्मेवारी नीति र कानुन निर्माण भएपनि विकास निर्माण कार्यलाई पनिसँगै अगाडि बढाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा भएको भवन शिल्यान्यास कार्यक्रममा निजगढका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्ष सूर्यबहादुर थापा मगर, निजगढ नगरपालिकाकी पूर्व उपप्रमुख लिलादेबी लामिछाने खनाल, विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, विद्यालय व्यवस्थापन समितिका समितिका सदस्यहरु, अभिभावक र विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । त्यस्तै सरस्वती आधारभूत विद्यालयको भवन शिल्यान्यास कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले नगरपालिकालाई शैक्षिक हबका रुपमा विकास गर्न नयाँ भवन निर्माणले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयकी निमित्त प्रधानाध्यापक बुनाकुमारी राउतले ट्रस्ट भवनमा कक्षा सञ्चालन हुदै आएकोमा पहिलो पटक पक्की भवन निर्माण हुन लागेकोभन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले नयाँ भवन निर्माण भएपछि गर्मीमा जस्ताको तातो र जाँडोमा चिसो कक्षा कोठामा पढ्नु पर्ने विद्यार्थीहरुको बाध्यताको अन्त्य हुने बताउनुभयो ।

कार्यक्रममा व्यवस्थापन समितिका पूर्वअध्यक्ष धनबहादुर खुलाललगायत स्थानीय अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय