निजगढ नगरपालिकाले निःशुल्क एसइइ तयारी कक्षा संचालनमा ल्याएकोछ । नगरपालिका भित्र रहेका ८वटा मावि विद्यालयका विद्यार्थीहरुलाई ३ महिने एसइइ लक्षित तयारी कक्षा संचालनमा ल्याईएको हो ।
निजगढ वडा नं १ स्थीत श्रि नेपाल राष्ट्रिय माविबाट शुरु गरिएको तयारी कक्षामा विद्यार्थिहरुलाई कठिन लाग्ने बिषयहरु अंग्रेजी, गणित, विज्ञान निशुल्क पढाईहुने निजगढ नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले प्रेसचित्र डटकमलाई जानकारी दिनुभयो । बाईट उत्तम लामिछाने कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुरथ पुरीले विद्यार्थीहरुको एसइइ परिक्षामा राम्रो नतिजा ल्याउन नगरपालिकाले यस्तो व्यवस्था गरेको जानकारी दिनुभयो ।
विद्यार्थीहरुले राम्रो नतिदा ल्याउनेमा आफु विश्वस्त रहेको र विद्यार्थीहरुलाई शुभकामना साथै आगामी दिनमा कक्षा ८लाई पनि छिटै तयारी कक्षा संचालनमा ल्याउने बताउनुभयो । बाईट सुरथ पुरी कार्यक्रममा उप्रमुख सोममाया थिङ्गले तयारी कक्षामा नियमित रुपमा विद्यार्थीहरुलाई आउन समेत आग्रह गर्नुभयो । बाईट सोममाया थिङ्ग तयारी कक्षाको उदघाटनमा वडानं १का वडाअध्यक्ष मंगले लोप्चन कार्यपालिका सदस्य फुलमाया लामा विभिन्न मावि विद्यालयका प्रअहरु, वि व्य समितिका अध्यक्षहरु र विषयगत शिक्षकहरुको उपस्तिथि रहेको थियो ।
तयारी कक्षा पुस ३ गते देखि चैतको ३ गते सम्म सन्चालनमा आउनेछ भने अघिल्लो बर्षबाट शुरु भएको सो कक्षा २ महिना मात्रै गरिएकाले विद्यार्थीमा प्रभावकारी भएरै यस बर्ष पनि थप १ महिला बढाएर संचालनमा ल्याइएको नगरप्रमुख पुरीले जानकारी दिनुभयो । नगरपालिकाले तयारी कक्षा संचालन गरेकोमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुमा थप टेवा पुग्ने बताउछन विद्यार्थी अजय बोम्जन ।