निजगढमा हिजोबाट नगर स्तरीय चौंथो राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

निजगढ नगरपालिकाको आयोजनामा निजगढ ९ स्थित शहिद हिरालाल स्मृति रंगशालामा शुरु भएको सो प्रतियोगिता अन्तर्गत बुधवार भएका ३ वटा प्रतिस्पर्धामा निजगढ ५ को गौरीशंकर मावि सडकटोलले २ र निजगढ ८ को गौरीशंकर माविले एउटा स्वर्ण जितेको छ । गौरीशंकर मावि सडकटोलले छात्र र छात्रातर्फको सटफुटको स्पर्धामा स्वर्ण पदक जितेको हो ।  गौरीशंकरका अरुण घिमिरे र अरुणिमा घिमिरे विजयी भएका हुन ।

त्यसैगरी गौरीशंकर मावि निजगढ ८ ले छात्रातर्फ ८०० मिटर दौडमा पहिलो र दोस्रो दुबै स्थान हात पारेको छ । सो विद्यालयकी कुशुम पण्डितले स्वर्ण पदक जितिन भने बबिता साहले कास्य पदक हात पारेकी छिन । प्रतियोगितामा एथलेटिक्सका विभिन्न विधासहित भलिबल, कपर्दीलगायतका खेल समावेश छन । भलिबल खेलको प्रतिस्पर्धा रतनपुरस्थित नेरामावि र कपर्दी खेल भने सिंगौलको लोकप्रिय आविको खेल मैदानमा संचालन भइरहेको छ । ३ दिनसम्म चल्ने सो प्रतियोगितामा निजगढ नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयका ३ सयभन्दा बढी छात्रछात्र सहभागी छन ।

यसअघि मधेस प्रदेश सभा सदस्य मिना लामाले प्रतियोगिताको उद्धाटन गर्नुभएको थियो । नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको कार्यक्रममा सभासद लामाले सटफुट फालेर प्रतियोगिताको उद्धाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि सभासद लामा, उपप्रमुख सोममाया थिङ्ग, नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, गौरीशंकर माविका प्रअ यादवकुमार तिमल्सिना, गौरिशंकर मावि निजगढ ८का वि व्य स का अध्यक्षरवि वर्तौला, माओवादी केन्द्रका नगर अध्यक्ष सन्तोष दंगाल लगायत अन्य प्रतिनिधिहरुले प्रतियोगिता सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन हस्त बहादुर लामाले गर्नुभएको थियो ।

तेस्रो निजगढ नगरस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ्ग शिल्डमा सार्वजनिक मावि पहिलो,गौरीशंकर मावि निजगढ ८ दोस्रो र गौरीशंकर मावि निजगढ ६तेस्रो भएका थिए ।

फोटोसंग्रह पनि हेर्नुहोला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय