निजगढ सामुदायिक अस्पतालले निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न गरेको छ ।
निजगढ सामुदायिक अस्पताल, प्रसुति गृह निजगढले हिजो निजगढ नगरपालिका वडा नम्बर ४ को पुरानोटोलमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिवीरमा १६४ जनाले स्वास्थ्य परीक्षण गराएका छन । शिबिरमा स्वास्थ्य परीक्षण गर्न आएका बिरामीहरुलाई अस्पतालका चिकित्सकहरुले निशुल्क परामर्श सेवा र औषधिसमेत वितरण गरेका थिए ।
शिबिरमा मधुमेहको परीक्षण गरिएको थियो । निजगढ नगरपालिका वडा नम्बर ४ वडा कार्यालयको सहकार्यमा भएको सो शिबिरमा प्रसुति गृहका चिकित्सक सरोज कुशवाहा, लक्ष्मी सिन्हा र स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेको होे । शिबिर निजगढ ४ स्थित जनकल्याण आधारभूत विद्यालयको प्राङ्गणमा संचालन भएको थियो ।