निजगढको चर्चित सामाजिक संस्था  युथ अफ निजगढको ११औ साधारणसभा आज सम्पन्न भएको छ ।

साधरणसभाले कमल पराजुलीको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ ।  शनिवार सम्पन्न संस्थाको ११औं वार्षिक साधारणसभाबाट अध्यक्ष लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरू सर्वसम्मत चयन भएका हुन् ।

नवगठित  कार्यसमितिको उपाध्यक्षमा सन्तोस पौडेल , महासचिव लक्ष्मी पाण्डे(मनिता) , सचिव अशोक श्रेष्ठ, कोषाध्यक्ष रवि सापकोटा, सहसचिवमा प्रलाद तिमल्सिना छन् भने सदस्यहरू जगत बहादुर न्यौपाने, मुक्तिप्रसाद स्वाँर लगायत छन् ।

युथ अफ निजगढले मिर्गौला पीडित, क्यान्सर, आगलागी पीडितलगायत अति विपन्नहरूलाई नगद तथा जिन्सी सहयोग प्रदान गर्दै आएको छ ।  संस्थाका अध्यक्ष कमल बजगाई सुवाँरको अध्यक्षतामा निजगढ न.पा. ९ स्थित होली एन्जल्स बोडिङ्गको परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय