राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्यसमितिले हिजो विभिन्न कार्यक्रमसहित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस निजगढमा मनाएको छ ।

सो अवसरमा राप्रपाका कार्यकर्ताहरुले ¥यालीसहित निजगढ नगर परिक्रमा र सभाको आयोजना गरेका हुन । निजगढको पूर्वपश्चिम राजमार्गको सहिद चोकबाट शुरु भएको ¥याली बुद्धचोकबाट फर्केर सहित चोकमै आएर कोण सभामा परिणत भएको थियो । राप्रपा निजगढ नगर कार्यसमितिका अध्यक्ष खड्गप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सो सभामा राप्रपा केन्द्रीय सदस्य तथा धार्मिक अभियन्ता अभिषेक जोशी, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनका केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य सावित्री देवी भारती, निजगढका सरकारी र गैरसरकारी कार्यालयहरुमा पृथ्वीनारायण शाहको तस्बिर राख्ने अभियानका अभियान्ता निर्मल खड्का, राप्रपा महिला संगठनकी केन्द्रीय सदस्य शेषा सापकोटा, राप्रपा बारा क्षेत्र नम्बर १ का सभापती भक्त दर्लामी, सुजन तिमल्सिना लगायतले पृथ्वीनारायण शाहको योगदानको बारेमा बोलेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जोशीले जसले ठूला पार्टीका नेताहरूले आज पृथ्वीनारायण शाहलाई बिर्सिएर आफू कसरी सत्तामा पुग्ने र अकुत सम्पत्ति कुम्ल्याउने भन्ने धुनमा लागेको बताउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय