निजगढमा २ स्थानमा फरक फरक कम्पनीहरुको लगानीमा संचालन गर्न लागिएको विद्युतीय सवारी चार्जिङ स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

बिराटनगरका व्यवसायी धिरज यदुवंशी र रौतहट चन्द्रपुरका मुकेश पटेलले निजगढमा संचालन गर्न लाग्नुभएको स्टेशन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । व्यवसायी यदुवंशीले निजगढ ९ को हिमचुली बोडिङ्ग रहेको जमिनमा र चन्द्रपुरका व्यवसायी पटेलले निजगढ ९ कै लच्कामा विद्युतीय सवारी साधन चार्जिङ गर्ने स्टेशन संचालनमा गर्ने तयारी गर्नुभएको हो ।

५ वटा मेसिन राखेर यदुवंशीले ऋद्धी चार्जिङ्ग स्टेशनको नाममा संचालन गर्न लागेको सो स्टेशनबाट ६ वटा ठूला र ४ वटा साना गरी एक पटकमा १० वटासम्म गाडी चार्जिङ्ग हुनेछन भने अर्का व्यवसायी पटेलले साथीभाई चार्जिङ्ग स्टेशनको नाममा संचालन गर्न लागेको स्टेशनमा एकपटकमा ८ वटा गाडी चार्जिङ्ग गर्ने क्षमता रहेको बताइएको छ । व्यवसायी यदुवंशीले यही पुष महीनाभित्र संचालनमा ल्याउने गरी पूर्वाधार निर्माणको काम अघि बढेको बताउनुभयो ।

व्यवसायी पटेलले भने आगामी १५ दिनभित्र स्टेशन संचालनमा आउने जानकारी दिनुभएको छ । दुबै स्टेशनले आफ्ना ग्राहकहरुको लागि रेष्टुरेन्ट, पौडी पोखरी, शौचालय लगायतका सुविधा उपलब्ध गराउने भएका छन । विद्युतीय चाजिङ्ग सेन्टरले पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र स्वेशदमै उत्पादित बिधुतको आन्तरिक खपत बढाउन मद्दत पुग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय