सोनाम ल्होछार पर्वको अवसरमा बाराको निजगढ नगरपालिकाले माघ १८ गते शुक्रबार स्थानीय सार्वजनिक बिदा दिएको छ।

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले मंगलबार एक बिज्ञप्ती सार्वजनिक गर्दै नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरु बन्द रहने गरी स्थानीय पर्व बिदा दिईएको जानकारी दिएका हुन् ।

नगर कार्यपालिकाको मिति २०८१ माघ ९ गतेको बैठकको निर्णय अनुसार तामाङ्ग सामुदायको महान सांस्कृतिक पर्व २८६१ औ ढुल (सा पुखी) सोनाम ल्होछार पर्वको अवसरमा माघ १८ गते बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ। निजगढ नगरपालिकामा तामाङ समुदायको बाहुल्यता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय