सहिद मुखलाल स्मृति प्रष्ठिान नेपालका अध्यक्ष एंव संविधान सभा सदस्य पुरुषोत्तम पौडेलले सहिद मुखलाल महतो देश र जनताको निम्ति ज्यान अपर्ण गर्ने सच्चा शहीद भएको बताउनुभएको छ ।
बाराको निजगढमा शहीद मुखलाल स्मृति प्रतिष्ठानको सातौं साधारण सभा तथा रेडियो निजगढ १०७.२ मेगाहर्जको बार्षिकोत्सव कार्यक्रममा बोल्दै युवा तथा खेलकुद पूर्वमन्त्री समेत रहनुभएका पौडेलले हिजो सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा प्लस टु परीक्षामा निजगढ नगरपालिकाबाट सर्वोत्कृष्ट अंकसहित उतिर्ण हुने निजगढ नगरपालिका– ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयकी छात्र नोदनाथ पौडेल र निजगढ नगरपालिका– ९ स्थित गौरीशंकर क्याम्पसबाट उत्कृष्ट अङ्कसहित उर्तीण हुने अविनाश चौधरीलाई ‘टंकनाथ–रत्नकुमारी स्मृति अक्षय कोष’ को ‘जेहेन्दार विद्यार्थी पुरस्कार’बाट सम्मान गरिएको थियो । । प्रतिष्ठानले निजगढ क्षेत्रमा संचालनमा रहेका सामुदायिक विद्यालय र क्याम्पसको अन्तिम कक्षाको परीक्षामा सबैभन्दा बढी अंक ल्याएर उर्तिण हुने २ जना विद्यार्थीलाई हरेक वर्ष १०–१० हजार नगद र सम्मान पत्रबाट सम्मानित गर्दैआएको छ ।
कार्यक्रममा रेडियो संचालक समितिका संयोजक सुदर्शन कोइरलाले रेडियोको प्रगति प्रतिवेदन र सदस्य विपिन अधिकारीले आर्थिक (लेखा परीक्षण) प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमा प्रतिष्ठानकी कोषाध्यक्ष लिलादेवी खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने रेडियो निजगढका प्रबन्धक गोकुल घोरसाइनेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सगरमाथा सहकारीको सभाहलमा भएको सो साधारण सभामा मुखलाल स्मृति प्रतिष्ठान र रेडियो निजगढका आजिवन सदस्यताको प्रमाण पत्र र र रेडियोका सहयोगी व्यवसायी प्रष्ठिान निजगढ सुपर मार्टलाई समेत सम्मान पत्र वितरण गरिएको थियो ।