निजगढ नगरपालिकामा बालिकाहरुको पाठेघरको मुखमा हुने क्यानसर विरुद्धको एच.पी.भी. खोप अभियान वुधवार देखि सुरु भएको छ ।

निजगढ नगरपालिकाकी उप- प्रमुख सोममाया थिङ्गले गौरीशंकर मावि निजगढ८ बाट खोप अभियानको उद्घाटन गर्नुभएको हो ।

निजगढमा  झन्डै २ हजार ३ सय ४५ जना बालिकाहरुलाई पाठेघरको मुखमा हुने क्यानसर विरुद्धको एच.पी.भी. खोप लगाईदै छ । अभियानमा नगरभरका १३ वटै वडाको ६ कक्षा देखि १० कक्षा सम्म पढी रहेका १० बर्ष देखि १४ बर्ष सम्मको बालिका तथा किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यानसर विरुद्धको एच.पी.भी. खोप लगाईने छ ।

अभियान सफल पार्न निजगढ नगरपालिकाकि उपप्रमुख पहिलो दिन  विद्यालयहरुमा पुगेर अनुगमन समेत गर्नु भएको थियो ।

विद्यालय नजाने र खोप लगाउने क्रममा छुटेकाहरुलाई नजिकैको स्वास्थचौकीमा पुगेर लगाउन सकिने निजगढ नगरपलािकाकी उपप्रमुख सोममाया थिङ्गले निजगढ डटकमलाई जानकारी दिनुभयो ।

खोप माघ२३ गते देखि २५ गते सम्म लगाइने निजगढ स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले निजगढ डटकमलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय