निजगढ नगरपालिका वडा नम्बर ९ को कार्यालयले शुक्रबार लक्षित वर्गका  स्थानीयलाई स्वास्थ्य बिमाको परिचय पत्र (कार्ड) हस्तान्तरण गरेको छ ।

वडा कार्यालयमा भएको कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा सदस्यहरु बबिता श्रेष्ठ, चित्रप्रसाद चौलागाई, इन्द्रकुमारी सुनार, वडा सचिव शुभचन्द्र महतोले लाभग्राहीहरुलाई बिमा कार्ड हस्तान्तरण गर्नुभएको हो । व्यक्तिगत रकम लगाएर स्वास्थ्य बिमा गर्न असमर्थ वडाभित्रका जेष्ठ नागरिक, पुर्णअपांग, स्वास्थ स्वयम्सेवीका र बिपन्न वर्गका समेत गरी लक्षित वर्गका १५ जनालाई कार्यालयले कार्यालयको बजेटबाट ३५/३५ सय रुपैया भुक्तानी गरेर एक वर्षको लागि स्वास्थ्य बिमा सेवा उपलब्ध गराएको वडा अध्यक्ष रामचन्द्र कटुवालले बताउनुभयो ।

लक्षित वर्गका लाभग्राहीहरुले अर्को वर्षको लागि भने आफैले रकम बुझाएर बिमा गर्नुपर्ने उहाँको भनाई छ । घर धुरी संख्या १ हजार ५० रहेको वडा नम्बर ९ मा हाल नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले लागू गरेको स्वास्थ्य बिमा गर्ने परिवार संख्या ३ सय २० रहेको वडा नम्बर ९ कि बिमा सहजकर्ता रमा अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय