निजगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौलाद्वारा नगरले संचालनमा ल्याएको निःशुल्क एसइइ तयारी कक्षाको अनुगमन गर्नु भएको छ ।

बुधवार गौरीशंकर मा.वि. निजगढ ८ विद्यानगरटोल र सार्वजनिक मावि निजगढ ५ वागदेवको अनुगमनमा प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौलाले  विद्यार्थीहरुले के-कसरी पढिरहेको छन भनेर स्थलगत अनुगम गरेको निजगढ डटकमलाई बताउनुभयो ।

निजगढ नगरपालिले अघिल्लो बर्षवाट नगर भित्र रहेका ८वटा मावि विद्यालयका विद्यार्थीहरुलाई ३ महिने एसइइ लक्षित तयारी कक्षा संचालनमा ल्याईएको थियो र यस बर्ष पनि विद्यार्थीलाई निःशुल्क तयारी कक्षा संचालन गरिरहेको छ ।

अनुगमन निजगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला, प्रशासन शाखा प्रमुख जिवन गौतम, वडा नं ६का वडा अध्यक्ष घनश्याम तिमल्सिना, नगरप्रमुख स्वकिय थानेश्वर सापकोटा लगायतले गर्नुभएको थियो ।

अनुगमनको क्रममा प्रमुख प्रशासकिय अधिकृत बर्तौलाले विद्यार्थीहरु सँग नगरले संचालनमा ल्याएको निःशुल्क एसइइ तयारी कक्षाको वारेमा सोधपुछ र फाईदाहरुको बारे आफ्ना भनाईहरु राख्नु भएको थियो ।  विद्यार्थीहरुले निजगढ नगरपालिकाले यस्तो निःशुल्क एसइइ तयारी कक्षाले आफुहरुलाई लाभ मिलेकोले नगरपलािकालाई धन्यवाद दिएका थिए । नगरपालिकाले विद्यार्थिहरुलाई कठिन लाग्ने बिषयहरु अंग्रेजी, गणित, विज्ञान निःशुल्क रुपमा पढारहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय