प्रेस चौतारी नेपाल बाराले रेडियो निजगढका प्रबन्धक गोकुल घोरसाइनेलाई विरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।

प्रेस चौतारी नेपाल बाराको छैठौं जिल्ला अधिवेशनमा प्रबन्धक घोरसाइनेलाई ५०००।– नगद र सम्मानपत्रसहित सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एमाले नेता पुरुषोत्तम पौडेललगायतले घोरसाइनेलाई ५ हजार नगदसहित कदर पत्रले सम्मान गरेका हुन । प्रेस चौतारी नेपालका संस्थापक केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष समेत रहनुभएका घोरसाइने कलैयाबाट प्रकाशित हुने कृपा दैनिकका सम्पदाक र काठमाण्डौंबाट प्रकाशित हुने नेपाल समाचार पत्रको जिल्ला सम्वाददाता पनि हुनुहुन्छ । पत्रकार घोरसाइनेले हिमाल खबरमा समेत रिपोटिङ्ग गर्नुभएको छ ।

प्रेसचौतारी नेपाल बारा शाखाको जिल्ला अधिवेसन निजगढ हिरालाल पार्कमा शनिवार भएको थियो । भेलाले थानेश्वर सापकोटाको अध्यक्षतामा अधिवेशनको बन्द सत्रले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय