सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर सुरेश चौलागाईको टोलीले निजगढको बकैया नदी कटान क्षेत्रको आज स्थलगत अनुगमन गरेको छ ।

टोलीले बकैया बाढीले क्षति पु¥याएको पूर्वपश्चिम राजमार्गको बकैया पुल दक्षिण आर्यघाट ड्याम र उत्तरतर्फको क्षेत्रको अनुगमन गरेको हो । अनुगमनपछि इन्जिनियर चौलागाईले निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको आग्रहमा बकैया खोलमा तटबन्ध निर्माण कार्यको लागि स्थलगत निरीक्षण गरिएको बताउनुभयो । उहाँले कार्यालयले यसअघि स्रोत साधनको अभावमा तटबन्धन निर्माणको काम गर्न नसकेको भएपनि अब स्रोत व्यवस्थापन गरेर नियन्त्रणको चाडै काम शुरु गर्ने बताउनुभयो ।

सडक विभागको टोलीसंगै बकैया कटान क्षेत्रमा पुग्नुभएका निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले बकैयाले धार परिवर्तन गरेर पुलको ड्याम भत्काउनुको साथै निजगढको बस्तिमा बाढी पस्ने खतरा बढेको र नियन्त्रणको लागि बारम्बार गरिएको आग्रहपछि तटबन्ध निर्माणको लागि अध्ययन गर्न सडक डिभिजन कार्यालय हेटौडाको टोली आएको बताउनुभयो । उहाँले बकैया पुलभन्दा दक्षिणतर्फ तटबन्ध निर्माणसंगै खोला च्यानलाइज गर्न सडक डिभिजन कार्यालयका प्राविधिकहरुसंग आग्रह गर्नुभएको थियो ।

टोलीमा सडक डिभिजन हेटौडाका सहायक इन्जिनियर रामभरोस चौधरी, निजगढ नगरपालिकाका इन्जिनियर नबिन खनाल, निजगढ नगरपालिकाका इन्जिनियर रुपेसकुमार यादव लगायतको सहभागिता रहेको थियो । अघिल्लो वर्ष  नगरपालिकाले वस्ति जोगाउन आर्थिक अभावको कारण अस्थायी खोला च्यानलाइज गरेको थियो जसको कारण खोलाले धार परिवर्तन गरेको थियो र वस्तीमा क्षय्ती पु्न सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय