नेपाल विद्यार्थी संघ निजगढ नगर कमिटीले दुई विद्यालयमा शैक्षिक पोशाक वितरण गरेको छ ।
निजगढ नगरपालिकाका पुर्व मेयर सुरेशकुमार खनालको आर्थिक सहयोगमा निजगढले सोमबार फागुन ५ गते ५० जना विद्यार्थीलाई शैक्षिक पोशक वितरण गरेको हो ।

नेविसंघ निजगढ नगर सभापति इश्वर सापकोटाको टोलिले निजगढ नगरपालिका-४ का नेपाल राष्ट्रिय आधारभूत विद्यालय र जनकल्याण आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई शैक्षिक पोशाक ट्र्याकसुट सेट वितरण गरेका हुन् ।
त्यस्तै नेविसंघले नगरपालिकाको वडा नम्बर ४ का नेरा आवि २५ र जनकल्याण आविका २५ जना जेहेन्दार तथा पिछडिएका बिधार्थीलाई शैक्षिक पोशाक वितरण गरेको नेविसंघ निजगढ नगर कार्यसमितिका सभापति इश्वर सापकोटाले जानकारी दिए ।

नेविसंघ निजगढ नगर कार्यसमितिका सभापति इश्वर सापकोटाले सभाअध्यतामा प्रमुख अतिथ्यताका रूपमा निजगढ नगरपालिकाका पुर्व प्रमुख सुरेशकुमार खनाल तहेका थिए । त्यस्तै अतिथिहरुमा जननिर्वाचित वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटा, कार्यपालिका सदस्य मिना चौरेल, वडा सदस्य राजसेन कुमर, सागर गौतम सुमित्रा विक, समाजसेवी महेशी कुमर, जनकल्याण आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम खड्का, प्रधानाध्यापक मधुसूदन अधिकारी र नेविसंघ बाराका जिल्ला इन्चार्ज अनिल खनाललगायतका सरोकारवालाहरुअको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय