राष्ट्रिय प्रजातन्त्र दिवसको निजगढ नगरपालिकाले हिजो नेपालको प्रजातान्त्रिक अभ्यासमा जनप्रतिनिधि, राजनैतिक दल र विद्यार्थीको भूमिका“ बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

नगर कार्यपालिकाको कार्यालय निजगढको प्राङ्गणमा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकसहित स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख, कार्यपालिका सदस्यहरु र सुरक्षाकर्मी, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा विद्याथर्थीहरुले नगरपालिकाको भावी योजना र शिक्षा क्षेत्रको विकासको लागि गरेको कामको बारेमा जिज्ञासा राखेका थिए । नगर प्रमुख सुरथ पुरीलगायत दलका प्रमुखहरुले विद्यार्थीहरुको जिज्ञासामा आफनो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा निजगढ नगरपालिकाका पूर्व प्रमुख सुरेश खनाल, गौरीशंकर क्याम्पस निजगढ संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठलगायतले प्रजातन्त्रको सुदृढीकरणमा विद्यार्थी, जनप्रतिनिधि र राजनीतिक दलको भूमिका बारेमा बोल्नुभएको थियो ।

उपप्रमुख सोममाया थिङ्गले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको संचालन नगरपालिका कार्यालयका योजना अधिकृत अजय उप्रेतीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय