साथी सहकार्य युवा क्लब निजगढको आयोजनामा निजगढ नगरपालिका वडा नंबर ८ मा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ  ।

सी. एम. सी. चुरेहिल अस्पतालको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो ।  शिविरमा जनरल फिजिसियन सेवा , हाडजोर्नी नसा रोग विशेषज्ञ सेवा , जनरल सर्जरी सेवा , स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा, ईसीजी सेवा , सुगर परिक्षण सेवा गरि जम्मा २३६ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

स्वास्थय शिविरमा निजगढ नगर उप्र-पमुख सोममाया थिङ्ग , ७ नं. वडा अध्यक्ष टेक ब. लामाज्यु, ९ नं. वडा अध्यक्ष रामचन्द्र कटवाल , गौरी शंकर मा.वि.-८ विद्यालयका प्रधानध्यापक बद्रि नारायण झा  लगायतको उपस्थिति रहेको साथी सहकार्य युवा क्लबका अध्यक्ष विपुल लामाले निजगढ डटकमलाई जानकारी दिनुभयो  । शिविर निजगढ वडा नं ८ स्थित गौरी शंकर माविमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय