
निजगढ नगरपालिका वडा नम्बर ६ स्थित गौरीशंकर माध्यमिक विद्यालय सडकटोलको शिक्षक अभिभावक संघ गठम गरिएको छ ।
विद्यालयका शिक्षक अभिभावकहरुको सोमबार भएको भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा शान्ती सापकोटा चयन हुनुभएको छ ।
संघको सदस्यहरुमा अभिभावकहरुबाट लक्ष्मी गौतम, शम्भु तिमल्सिना, दिपक सापकोटा, राजेश सन्जेल, कृष्णप्रसाद तिमल्सिना, जिवनाथ बन्जारा, सुष्मिता धिताल, कमल तिमल्सिना र शिक्षकहरुको तर्फबाट प्रधानाध्यापक यादवकुमार तिमल्सिना तथा सहायक श्रीहरी न्यौपाने चयन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाले निजगढ डटकमलाई जानकारी दिनुभयो ।