निजगढ नगरपालिका वडा नं ५ द्वारा खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरिएको छ ।

मंगलबार वडा कार्यलयले एक कार्यक्रमको बिच डोरी तान प्रतियोगितामा सहभागी हुने खेलाडीलाई वडाले सो जर्सी हस्तान्तरण गरेको हो ।

आउदो फागुन १६ र १७ गते काठमाण्डौमा हुन गइरहेको राष्ट्रिय डोरी तान प्रतियोगितामा सहभागी हुन निजगढबाट मधेस प्रदेशको प्रतिनिधी गर्दै निजगढका खेलाडीहरु जाने भएकाले वडाले सो जर्सी हस्तान्तरण गरेको वडा नं ५का वडा अध्यक्ष सुर्य थापामगरले जानकारी दिनुभयो ।

खेलाडीलाई जर्सी हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष थापा लगायत अन्य वडा सदस्यहरुको पनि उपस्तिथि रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय