
निजगढ नगरपालिकामा आधारभूत विद्यालय तहको नगरपालिका स्तरीय अन्तिम परीक्षा शुरु भएको छ ।
नगरभित्रका २५ सामुदायिक र ५ वटा संस्थागत ३० वटा विद्यालयमा कक्षा ५ र ८ मा अध्ययन गर्ने विद्यार्थीहरुको अन्तिम परीक्षाको पहिलो दिने हिजो अनिवार्य गणित विषयको परीक्षा सम्पन्न भएको हो । कक्षा ८ को परीक्षामा ८६७ र कक्षा ५ को परीक्षामा ७४६ गरी १ हजार ६ सय १३ जना परीक्षार्थीले विभिन्न ८ परीक्षा केन्द्रबाट परीक्षा दिइरहेको नगरपालिका कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखका प्रमुख उत्तम लामिछानेले निजगढ डटकमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार परीक्षार्थीलाई पायक पर्ने गरी निजगढ १ को नेरामावि सिंगौल, निजगढ ८ को गौरीशंकर मावि, निजगढ ५ को सार्वजनिक मावि, निजगढ ६ को गौरीशंकर मावि, निजगढ १० को नेरामावि, निजगढ ११ को नेरामावि, निजगढ १२ को मञ्जुश्री आधारभूत विद्यालय र निजगढ १३ को शिवशक्तेश्वर आधारभूत विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।
नगरपालिकाले तयार पारेको शैक्षिक क्यालेण्डर अनुसार शुरु भएको यो परीक्षाको परीक्षाफल आगामी चैत्र १५ गतेभित्र सार्वजनिक गर्ने निजगढ नगर शिक्षा समितिको योजना छ । त्यस्तै निजगढ नगपालिकाले विभिन्न केन्द्रमा पुगेर परिक्षाको अनुगमन गरेको छ ।
अनुगमनमा नगरपालिकाक प्रमुख प्रशासकीय अधिकृत अजय बर्ताैला,नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखका प्रमुख उत्तम लामिछाने लगायतग शिक्षा समिति तथा परीक्षा समितिकाे प्रतिनिधिबाट स्थलगत अनुगमन गर्नु भएको छ ।