निजगढ ६ स्थित गौरीशंकर माध्यामिक विद्यालय सडकटोलमा हिजो शुभकामना आदानप्रदान र फेरि भेटौला कार्यक्रम आयोजना गरिएको छ ।

यही चैत्र ८ गतेदेखि हुने एस ई ई परीक्षामा विद्यालयबाट सहभागी हुने विद्यार्थीहरुको लागि सो कार्यक्रम आयोजना गरिएको हो । विद्यालयको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा वडा अध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम तिमल्सिना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा, विविस सदस्य मधु तिमल्सिना, उमेश खड्का, विद्यालयका शिक्षक श्रीहरी न्यौपाने, प्रभु पराजुलीलगायतका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिनाले गर्नुभएको थियो । यस वर्षको एसइइ परीक्षामा विद्यालयबाट ६३ जना विद्यार्थी सहभागी हुदैछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय