निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव युवराज आचार्य सोमबार कार्यालयमा हाजिरी भएका छन ।

प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई नगरप्रमुख सुरथ पुरी उपप्रमुख सोममाया थिङ्ग लगायत , वडा अध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटा सहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए ।

मन्त्रालयले फाल्गुन २१ गतेको निर्णयअनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव आचार्यलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्ने गरी निजगढ खटाएको हो । मन्त्रालयको आधिकारिक वेभसाइटमा वर्तौलाको निजगढ सरुवा बारे जानकारी गराएको थियो र आजै वहाँ हाजिर पनि गर्नु भएको छ । यस अघिका निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौलाको सरुवा भएको छ ।

आचार्यको हाजिर पछि कर्मचारी र जनप्रतिनिधिसित परिचायत्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख जिवन गौतमले गरेका थिए भने कार्यक्रम संचालन योजना शाखा प्रमुख अजय उप्रेतीले गर्नू भएको थियो ।यस्तै जनप्रतिनिधिको तर्फबाट नगर प्रमुख सुरथ पुरी, वडा नं ६का अध्यक्ष घनश्याम तिममल्सिनाले र कर्मचारीको तर्फबाट लेखा अधिकृत शिव देवकोटाले फुलको गुच्छा सहित दिएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय