प्राइम कमर्सियल बैक निजगढ शाखाले हिजो निजगढको गौरीशंकर मावि सडकटोलमा विद्यार्थीहरुको लागि बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

बैङ्कको वार्षिक कार्ययोजना तथा ग्लोबल मनि सप्ताहा २०२५ कार्यक्रम अन्तर्गत निजगढ शाखाले निजगढ नगरपालिका वडा नम्बर ६ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालय सडकटोलमा बित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने ४५ जना विद्यार्थी सहभागी बनेका थिए । कार्यक्रममा बैंकका प्रतिनिधिले बचत, कर्जा, लगानी, खर्च ब्यवस्थापन, बजेट निर्माण, बितिय सेवा, डिजिटल बैकिङ प्रणालिको उपयोग र चुनौती तथा सुरक्षाका उपाय बारे विद्यार्थीहरुलाई जानकारी प्रदान गरेका थिए ।  

कार्यक्रममा गौरीशंकर माध्यमिक विद्याययका प्रधानाध्यापक यादवकुमार तिमल्सिना बैङ्कका शाखा व्यवस्थापक दिपेस खड्का, अपरेसन इन्चार्ज निस्चल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय