केहि दिन अघि विजुली सट भएर घरमा भएको आगलागीको कारण  निजगढ -६ का अग्निपिडित बच्चुराम घिमिरेलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ।

घिमिरेको बासस्थान निर्माणका लागी वडा कार्यालयको सक्रियतामा साँढे २ लाख भन्दा बढी रकम उपलब्ध गराईएको हो।

वडाअध्यक्ष घनश्याम तिमल्सिनासहित वडा सदस्यहरु र स्थानीय समाजसेवीहरुको अगुवाईमा श्रीकृष्ण प्रणामी मन्दिर,सडकटोलबाट १ लाख ८५ हजार ८ सय,मिलुजुली टोल विकास संस्थाबाट २५ हजार ८ सय ९० र रामजानकी मन्दिर वरपरका स्थानियहरुबाट ४९ हजार ४५ रुपैयाँ संकलन गरि कुल २लाख ६० हजार ७ सय ३५ रुपैयाँ शनिवार घिमिरे परिवारलाई हस्तान्तरण गरिएको छ।

घिमिरेको गत फागुन २९ गते विद्युत सर्ट भै आगलागी हुँदा घर गोठ पूर्णरुपमा जलेर नष्ट भएको थियो। उनको आगलागीबाट २० लाख बराबरको धनमाल जलेर नष्ट भएको वडाअध्यक्ष तिमल्सिनाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय