निजगढ नगरपालिकाले राष्ट्रिय सहकारी दिवसको अवसरमा खुल्ला वकृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नगरपालिकाको कार्यालयले ‘ग्रामिण अर्थतन्त्र विकासमा सहकारीको भूमिका’ विषयमा आगामी चैत्र १९ गते खुल्ला वकृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले हिजो एउटा सूचनामार्फत प्रतियोगिता बारे जानकारी दिनुभएको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ७ हजार र तृतीय हुनेलाई ५ हजार राशीको पुरस्कार समेत प्रदान गरिने सूचनामा जनाइएको छ । प्रतियोगितामा विजयी हुनेलाई चैत्र २० गते राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार वितरण गरिने जनाइएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बरसहित नगरपालिका कार्यालयको सहकारी शाखामा आगामी चैत्र १८ गतेभित्र सम्पर्क गर्न पनि सूचनामा भनिएको छ ।

‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने मूल नाराका साथ मनाइन लागिएको यस वर्षको राष्ट्रिय सहकारी दिवसको अवसरमा नगरपालिकाले वकृत्वकला प्रतियोगितासहित प्रभातफेरी, अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत आचार्यले कार्यक्रममा सहभागी हुन निजगढ नगरपालिकामा अवस्थित सबै सहकारी संस्थाहरुलाई अनुरोध पनि गर्नुभएको छ । आ–आफ्नो सहकारी संस्थााको व्यानर, राष्ट्रिय झण्डा र संस्थाको पहिचानसहित संचालक समितिका पदाधिकारीहरु, कर्मचारीहरु, सहकारी अभियन्ता र सहकारीकर्मीहरुलाई कार्यक्रममा सक्रिय सहभागी हुन उहाँले अनुरोध गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय