निजगढ नगरपालिकाले नगरको  ३ स्थानमा क्षयरोग स्क्रिनिङ्ग शिविर सम्पन्न गरेको छ ।

पहिलो दिन रतनपुरी ब्लकको स्वास्थ्य चौकीमा दोस्रो दिन निजगढ व्लकको ५ वडा कार्यलय पुर्वटोल, निजगढ  वडा नं ४ स्थित मानव सेवा घर र आज वडा नम्बर २ सिंगौलमा क्षयरोग स्क्रिनिङ्ग शिविर तथा विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएको छ । स्थानीयललाई घरदैलोमा नै सेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा कूल ७२२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये २५१ जनाको छातीको एक्स–रे, २६६ जनाको खकारको परीक्षण, १११ जनाको मधुमेह तथा ९४ जनाको मनोरोग सम्बन्धी परीक्षण गरिएको थियो । निजगढ नगरकार्यपालिका स्वास्थ्य शाखाको आयोजनामा आज बिहान १० बजेबाट स्थानीय लोकप्रिय आधारभूत विद्यालय प्राङ्गणमा भएको सो कार्यक्रममा सिंगौल गाउँमा पर्ने निजगढ नगरपालिका १, २ र ३ नम्बर वडाकासर्वसाधारणले सेवा लिएका छन् ।

क्षयरोगका बिरामीलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको सो कार्यक्रममा सर्वसाधारणको स्वास्थ्य परीक्षण र परामर्श सेवा पनि उपलब्ध गराइएको निजगढ कार्यपालिका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेले बताउनुभयो । उहाँका अनुसार ७ जनामा क्षयरोगको पत्ता लगाइ उपचारको दायरमा ल्याइएको र ५८ जना शंकास्पद क्षयरोगको बिरामीहरुलाइ सिनएक्सपट परीक्षणको लागि अन्यत्र पठाइएको जानकारी दिनुभयो ।

निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ले सर्वसाधारणको मानसिक र शारीरिक अवस्थाको संबद्धन गर्न घरदैलोमा विशेषज्ञ चिकित्सकलाई लगेर स्वास्थ्य सेवा प्रदान गरिएको बताउनुभयो । निजगढ नगरकार्यपालिकाको स्वास्थ्य शाखाले यसअघि बुधवार निजगढ र बिहीवार रतनपुरमा पनि सोही सेवा संचालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय