नेकपा एमाले निजगढ नगर कमिटीको अधिवेशन आगामी बैशाख १८ र १९ गते हुने भएको छ ।

नेकपा एमाले निजगढ नगर कमिटी सचिवालयको हिजो बसेको बैठकले बैशाख १८ र १९ गते नगर अधिवेशन गर्ने निर्णय गरेको नगर कमिटी सचिव तिलक घलानले जानकारी दिनुभयो । घलानका अनुसार अधिवेशनमा पार्टी संगठित सदस्यहरुले नगरका प्रतेक वडाबाट छानेका प्रतिनिधिहरुको सहभागीतामा हुनेछ । अधिवेशनमा आयोजक कमिटीका सदस्यसहित ३ सयभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने उपसचिव थानेश्वर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कमिटीबाट अधिवेशनमा प्रतेक ४ जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छानिने छन । ४ भन्दा बढी पार्टी सदस्य रहेको वडामा सोही अनुपातमा प्रतिनिधिहरुको संख्या पनि वृद्धि गरिने छ ।

त्यसैगरी पार्टीको जनवर्गीय संगठनहरुबाट १ महिला, १ युवा र १ खुल्ला गरी ३÷३ जनाको दरले प्रतिनिधि छनौंट गरिने छ । वडा कमिटी र जनवर्गीय संगठनबाट प्रतिनिधि छनौंट गर्ने मिति र स्थान भने निर्धारण हुन बाँकी रहेको उपसचिव सापकोटाले बताउनुभयो । एमाले निजगढ नगरमा ७५१ जना संगठित पार्टी सदस्य रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु