बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव राजेन्द्र बहादुर अर्याल सोमबार कार्यालयमा हाजिरी भएका छन ।

प्रमुख प्रशासकीय अधिकृत अर्याललाई निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटा सहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए ।

मन्त्रालयले वैसाख ३ गतेको निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत उपसचिव अर्याललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्ने गरी निजगढ खटाएको हो । मन्त्रालयको आधिकारिक वेभसाइटमा आचार्यको निजगढ सरुवा बारे जानकारी गराएको थियो र आजेै वहाँ हाजिर पनि गर्नु भएको छ । यस अघिका निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको सरुवा भएको छ । उनको सुर्यविनायक नगरपालिकामा सरुवा भएको थियो ।

 अर्यालको हाजिर पछि कर्मचारी र जनप्रतिनिधिसित परिचायत्मक कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुखको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण र कार्यक्रम संचालन जिवन गौतमले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय