
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुमित कुशवाहाको सरुवा भएको छ ।
मंगलबार बसेको बैठकले देश भरीको ३११ जना इन्सपेक्टरहरुको सरुवा गरेको हो । कुशवाहाको वडा प्रहरी कार्यालय बैदाम कास्कीमा भएको हो ।
यस्तै कुशवाहाको ठाँउमा जिवन लामिछाने आउने भएका छन् । लामिछाने अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगजंबाट निजगढ आउन लाागेका हुन् ।
इलाका प्रहरी कार्यालय निजगढमा प्रहरी निरीक्षक कुशवाहा अघि घनश्याम श्रेष्ठ रहेका थिए ।