नेकपा एमाले पार्टीको तेस्रो निजगढ नगर अधिवेशनमा भाग लिने करिव ३ सय प्रतिनिधिहरुको नेकपा एमाले निजगढले हिजो छनौट गरेको छ ।

नगर अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको हिजो एकैदिन छनौट गरिएको हो । नगरपालिकाका १३ वटै वडाबाट संगठित पार्टी सदस्य संख्याको आधारमा सबै वडाबाट करिव ३ सय जना प्रतिनिधिहरुको सर्वसम्मत रुपमा छनौट गरिएको पार्टी नगर कमिटी सचिव तिलक घलानले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतेक वडामा ४ जना संगठित पार्टी सदस्य बराबर १ एक जनाको दरले महिला ३३, युवा २० प्रतिशत र एकजना दलितलाई समेत समावेश गरेर प्रतिनिधि छनौट भएका हुन । जसअनुसार सबैभन्दा बढी संगठित पार्टी सदस्य रहेको वडा नम्बर ६ बाट ३० जना प्रतिनिधि चयन भएका छन ।

त्यसैगरी पार्टीको जनवर्गीय संगठनहरुबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको आज छनौट हुनेछ । एमालेले आफ्ना प्रतेक जनवर्गिय संगठनहरुबाट अधिवेशनको लागि ३÷३ जनाले प्रतिनिधित्व गर्न पाउने व्यवस्था गरेको छ । आगामी १७ र १८ गते हुने नगर अधिवेशनमा नगर अध्यक्ष पदमा सचिव तिलक घलान, जयराम कुवर, थानेश्वर सापकोटा र माधव न्यौपाने आकांक्षा देखाएकाछन ।

अधिवेशनको पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले उद्धाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय