निजगढ नगरपालिकाले नदीजन्य पदार्थ ढुंगा, गिटी, बालुवा, माटो लगायतको उत्खनन, संकलन नगर्न असार १ गतेदेखि भाद्र महिनाको अन्त्यसम्म पूर्ण रोक लगाउने सूचना जारी गरेको छ।
नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले एक सुचना मार्फत नगर कार्यपालिकाको कार्यालयद्वारा २०७७ मा जारी मापदण्ड र २०७९ को नीति तथा कार्यक्रमअनुसार अनधिकृत उत्खनन तथा कारोबार नगर्न साथै तेस्तो पाइएमा कार्वाही समेत गर्ने जनाएको छ ।


सूचनाको बर्खिलाफ हुने गरी कार्य गरेको पाइएमा मधेश प्रदेश सरकारको आर्थिक ऐन, २०८१ को अनुसूची ८ तथा यस निजगढ नगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम कानूनी कारबाही समेत हुने प्रमुख प्रशासकीय अधिकृत अर्यालले उल्लेख गर्नुभएको छ ।
निषेधित अवधिमा उत्खनन गर्नेमाथि नगरपालिकाको ढुुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ तथा निजगढ नगरपालिकाको नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०७९ को दफा ६ को १४ बमोजिम ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टान, दहत्तर बहत्तरअनुसार कारबाही र जरिवान गर्ने व्यवस्था गरेको छ ।
नगरपालिकाले वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतको संरक्षणलाई ध्यानमा राख्दै यस्तो कदम चालेको जनाएको छ।
