निजगढ नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको शारीरिक परिक्षण शिविर शनिवार सम्पन्न भएको छ ।

पालिकाले प्रेरणा शारिरीक पुनस्र्थापना केन्द्र लालबन्दी, सर्लाही संगको सहकार्यमा आयोजना गरेको अपांगता भएका व्यक्तिहरुको शारीरिक परिक्षण तथा सहायक सामाग्री नापजाँच शिविर निजगढ नगरपालिकाको भवन भित्र सम्पन्न  गरेको हो  ।

शिबिरमा नगर भित्रका ३० जना सेवाग्राहीले शारीरिक परीक्षण तथा सहायक सामग्री नापजाँच गरेको थियो जसमा ८ जनालाई ह्विल चेयर, १ जनालाई शौचालय चियर, २ जनालाई वाकर, ४ जनालाई एएफओलगायत सामग्री आवश्यक देखिएको थियो । नापजाँच गरिएकाहरुलाई एक सातापछि सामग्री वितरण गर्ने कार्यक्रम रहेको निजगढ नगरपालिकाकी सहायक महिला विकास निरिक्षक रोजी श्रेष्ठले  निजगढ डटकमलाइ  जानकारी दिनुभयो  ।

शिविरमा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्याल, वडा अध्यक्षहरु सुर्यबहादुर थापा, राजन श्रेष्ठ, सहइया गुरो, प्रहरी निरीक्षक जीवन लामिछाने, निजगढ नगरपालिका अपांगता परिचय पत्र वितरण समन्वय समिति सदस्यहरु बबिता श्रेष्ठ, बिक्रमराज लामा, मेडिकल अधिकृत डा.विकास लामा, स्वास्थ्य शाखा प्रमुख रमेश लामा लगायतको उपस्थिति रहेको थियो ।

पालिकाले आगामी दिनमा अपाङ्गता भएका नागरिकलाई सकेसम्म घरमै पुगेर स्वास्थय परिक्षण गर्ने र सामग्री पनि वितरण गर्ने नगरउपप्रमुख सोममाया थिङ्गले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय