सिमरामा निजगढका नागरिकले राष्ट्रिय परिचयपत्रको लागि लामो लाइन तथा सास्ती खेप्नु परेपछि निजगढ नगरपालिकाको नगरमै राष्ट्रिय परिचयपत्र फारम भर्ने व्यवस्था मिलाएको छ ।
पालिकाले आज एक सुचना जारी गर्दै उक्त कार्यक्रम २०८२ असोज २२ गतेदेखि शुरु हुने बताएको छ ।


केही समय पहिला नगरका जनताले दुख पाएकाले नगरप्रमुख सुरथ पुरीले जिल्ला प्रशासन कार्यलयमा पटक-पटक मौखिक र लिखित आग्रह गरेपछि सो व्यवस्था मिलेको नगरप्रमुख सचिवालयले जानकारी दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालले जारी गर्नु भएलो सूचनाको अनुसार, फोटोसहितको राष्ट्रिय परिचयपत्र फारम भर्ने कार्य नगर कार्यपालिकाको कार्यालयमा संचालन गरिनेछ। सो कार्यक्रमबाट वडावार छुट्टाछुट्टै मितिमा सेवाग्राहीले सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
कार्यतालिका यस प्रकार छ:
१, २, ३, १०, ११, १२, १३ आइतबार, सोमबार, मंगलवार ५० जना प्रतिनिधि
४, ५, ६, ७, ८, ९ बुधबार, बिहीबार, शुक्रबार ५० जना प्रतिनिधि

