नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन मधेस प्रदेशको अध्यक्षमा निजगढ गौरीशंकर क्याम्पसका प्रध्यापक शान्तबहादुर (सागर) दाहाल निर्वाचित हुनुभएको छ ।
सङ्गठनको शुक्रबार निजगढमा सम्पन्न तेस्रो मधेस प्रदेश अधिवेशनले दाहालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले सङ्गठनको उपाध्यक्षमा मविव क्याम्पस राजविराजका मानसकुमार अधिकारी र जनता बहुमुखी क्याम्पस बर्दिवासका हरिप्रसाद खनाल चुनिनु भएको छ ।


त्यसैगरी सङ्गठनको सचिवमा सिरहा क्याम्पसका विनोद यादव, कोषाध्यक्षमा रा.रा.प्र. क्याम्पस जनकपुरका रामहृदय मण्डल र सहसचिवमा आरआरटिजेएसी गोलबजारका दिनेशकुमार यादव निर्वाचित हुनुभएको छ । त्यस्तै नयाँ कार्यसमितिको सदस्यहरुमा बाराको बकुलिया क्याम्पसकी लक्ष्मी खरेल, आरजेयु क्याम्पस जनकपुरका शम्भु पोखरेल, जनकहजारी विद्यापिठका गोबिन्द दिक्षित, आरआरटिजेएसी गोलबजारका श्यामकुमार महत्तो, लाहन क्याम्पसका ईश्वरदेव ठाकुर, महेश चौधरी, सञ्जयभक्त श्रेष्ठ, मटिहानी क्याम्पसका देवनारायण मण्डल तथा सिमरा कलेजका सुमित अधिकारी चुनिनुभएको छ ।
निजगढ ९ स्थित होटल राजमार्गमा भएको सो अधिवेशनको नेकपा एमाले पोलिटब्युरो सदस्य एंव पूर्वकृषिमन्त्री ज्वाला साहले पानसमा पत्ती बालेर उद्धाटन गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा केन्द्रीय अध्यक्ष डा. पद्मप्रसाद खतिवडा, महासचिव सुमन खरेल, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एंव शिक्षा तथा मानव स्रोत विभागकी इन्चार्ज पार्वती रावल, सामुदायिक क्याम्पस संघका केन्द्रीय सदस्य एकबहादुर श्रेष्ठ, नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य सुदर्शन कोइराला, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख तथा मधेस प्रदेश सदस्य लिलादेबी खनाल, निजगढ नगरपालिकाकी उपप्रमुख तथा एमाले बारा जिल्ला कमिटी सदस्य सोममाया थिङ्ग, जिल्ला कमिटी सदस्य सरिता सापकोटा, निजगढ नगर कमिटी अध्यक्ष तिलक घलान लगायतले अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
अध्यक्ष दाहाल लामो समय देखि निजगढ गौरी शंकर क्याम्पसमा प्रध्यापक रुपमा अध्यापन गराईरहनुभएको छ ।
