निजगढ नगरपालिकाको १६औं नगरसभा बिहीवार सम्पन्न भएको छ । सभामा नगर प्रमुख सुरथ पुरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख सोममाया थिङ्गले प्रस्तुत गरेको १ अर्ब १ करोड ३ लाख १४ हजार एक सय ५३ रुपैयाँ बराबरको बजेट सर्वसम्मतिले पारित गरेको हो ।

बजेटमा प्रत्येक वडालाई १–१ करोड र कार्यपालिका लक्षित कोषमा थप १ करोड विनियोजन गरिएको छ । सभाले आर्थिक विधेयक, विनियोजन विधेयक र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति समेत पारित गरेको छ ।

नीति तथा कार्यक्रममा बस पार्क, प्राकृतिक चिकित्सालय, पर्यटन गुरुयोजना, चिस्यान केन्द्र, उत्पादन संकलन तथा भण्डारण केन्द्र, अस्थायी प्रहरी चौकी, सभागृह निर्माण, हाटबजार व्यवस्थापन र सिँचाइ चेकड्यामजस्ता योजना समावेश छन् ।

 सभामा वडा अध्यक्षहरू तथा नगरसभा सदस्यहरूले समर्थन र सुझाव दिएका थिए भने बैठक नगर प्रमुख पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय