निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सगरमाथा वचत तथा ऋण सहकारी संस्थाको आज भएको २५औं साधारणसभाले रुद्रप्रसाद धितालको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
निजगढ ८ स्थित शुभकार्य बैङ्गकुटमा भएको सो सभाले संस्थाको उपाध्यक्ष हरिमाया उपाध्याय, सचिवमा भूषण अधिकारी, कोषाध्यक्ष सुदिप तिमल्सिनालाई चयन गरेको छ । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा महेश्वर अधिकारी, सीता रिसाल, बालकृष्ण श्रेष्ठ ,गोकर्ण पौडेल, मन्जु कार्की र लेखा समिति संयोजकमा राजु गौंतम, सदस्यमा दिनबन्धु साह र निलम सत्याल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।


सहकारीका अध्यक्ष भोलाप्रसाद गौतमको अध्यक्षता र संस्थापक अध्यक्ष कृष्णप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा भएको सो सभामा २५ जना जेष्ठ नागरिक शेयर सदस्य, उत्कृष्ट वचतकर्ता, एसइइ परीक्षामा सामुदायिक विद्यालयहरुबाट सर्वोत्कृष्ट अंकसहित उतिर्ण हुने छात्रछात्रालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
सगरमाथा सहकारीले रजत वर्षको अवसरमा आँखा शिविर, निजगढ नगरका विद्यालयस्तरीय हाजिरीजवाफ, वकृत्वकला र चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो ।
