निजगढ नगरपालिका वडा नं ८ मा रहेको बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहको १६ औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको छ। साधारणसभाले शालिकराम ढुंगानाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो।
साधारणसभाको निर्णयअनुसार कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी गौतम, सचिवमा शारदा कुमारी खड्का, कोषाध्यक्षमा कृष्णप्रसाद खरेल र सहसचिवमा सजना उप्रेती चयन भएका छन्। यस्तै, सदस्यहरूमा अन्तरी लामा, पवित्रा कुमारी चौलागाई, मिरा कुवर, दिनेश न्यौपाने, प्रकाश श्रेष्ठ, समिता बोगटी, चित्रकुमार लामा र मोजहर मन्सुर रहेका छन्।


त्यसैगरी, कमल सुवारको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ, जसको सदस्यमा नरनाथ गौतम र कमला लामा रहेका छन्।
साधारणसभाले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र दिगो उपयोगलाई थप मजबुत बनाउने लक्ष्यसहित नयाँ नेतृत्वलाई जिम्मेवारी प्रदान गरेको जनाइएको छ।
वन समूहका अध्यक्ष रामप्रसाद ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशसभा सदस्य मिना लामा, डिभिजन वन कार्यालय बारा प्रमुख राजिव झा, निजगढ–८ का वडा अध्यक्ष स्वर्ण लामा, सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य दुर्गा कोईराला, जिल्ला अध्यक्ष रामजी बजगाई तथा पूर्व वडा अध्यक्ष टेकबहादुर लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण वन समूहका कार्यालय प्रमुख हरिप्रसाद न्यौपानेले गरेका थिए।
