निजगढ नगरपालिकाका वडा नं २ का पुर्ववडा अध्यक्ष केशव ढोडारी र निजगढ ५ का समाजसेवी मजोज सापकोटाद्वारा खेल सामग्री हस्तान्तरण गरिएको छ ।
सिंगौल भेगमा रहेर फुटबल खेल्दै आएका महिलाहरु ढोडारी र सापकोटा मिलेर खेल सामग्री हस्तान्तरण गरेका हुन । पछिल्लो समय निजगढमा महिलाको फुटबलमा आकर्षण बढेकाले हौसाला स्वरुप सामग्री वितरण गरिएको समाजसेवी मजोज सापकोटाले निजगढ डटकमलाई जानकारी दिनुभयो ।


ढोडारी र सापकोटाले ३ वटा फुटबल, ३० वटा मार्कर र २० वटा कोन महिला खेलाडीलाई खेल सामग्री हस्तान्तरण गरेका थिए ।
