निजगढ–५ स्थित सार्वजनिक माध्यमिक प्राविधिक विद्यालय बागदेवको ६१औँ जन्मोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले विद्यालयको शैक्षिक तथा भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखापाल नवराज गौतमले आय–व्यय विवरण पेस गर्नुभएको थियो।


कार्यक्रममा निजगढ नगरपालकाकी उपप्रमुख सोमामाया थिङ, वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा मगर, निजगढ नगर भित्र रहेका विभिन्न राजनितिक दलका प्रमुख र प्रतिनिधिहरु, अन्य विद्यालयका प्र.अ हरु, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायणप्रसाद गौतम लगायत अभिभावकहरुको उपस्तिथिरहेको थियो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी निजगढ नगरपालिकाका प्रमुख पुरीले शिक्षाको आकर्शण बढाउन प्रविधी सँगै शिक्षण गराईने बताउनु भयो ।
सो अवसरमा विद्यालयको परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने छात्रछात्रालाई दाताहरूले स्थापना गरेको अध्यक्ष कोषबाट पुरस्कारसमेत प्रदान गरिएको थियो।

