थारु नयाँ वर्ष २६५० तथा माघी पर्वको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा आज प्रथम निजगढ कछडिया माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

“अपन समाज अपन पहिचान” र “भाषा संस्कृति जोगावेके कछडिया जातीके आह्वान” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा थारु समुदायका चर्चित कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। आयोजक समितिका सदस्य सन्तोष दनुवार कछडियाका अनुसार कार्यक्रममा गायक हरिश चौधरी, गायिका मौसम चौधरी, मोडल सगुन चौधरी, सशी चौधरी तथा डान्सरहरु आश्विन चौधरी, करिना चौधरी र थारु कलाकार वर्षा चौधरीले आफ्नो प्रस्तुति दिएका हुन्।

कछडिया माघी पर्व व्यवस्थापन समितिको आयोजना तथा कछडिया उत्थान समिति, निजगढको सहआयोजनामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सभा सदस्य त्रिलोकीप्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ११ का अध्यक्ष सहइया गुरो, वडा नं २,४,५,७ र १२का वडाअध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

सांस्कृतिक कार्यक्रम सुरु हुनुअघि कछडिया भेषभूषामा सजिएका स्थानीयवासीहरुले झाँकीसहित गाउँ परिक्रमा गरेका थिए, जसले महोत्सवलाई थप आकर्षक बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय